काठमाडौं : सफल व्यावसायी तथा गायक रविन लिम्बु र गायिका अनु चौधरीको मीठो स्वरमा सजिएको ‘पिरतीको अनिकालैमा’ गीतको भिडियो बजारमा आएको छ ।
डि.पी खनालको उत्कृष्ट शब्दलाई गायक तथा संगीतकार तारा प्रकाश लिम्बूले संगीत भरेका हुन् । गीतमा निरज श्रेष्ठको संगीत संयोजन रहेको छ भने गीतलाई स्टुडियो एकुस्टिक नेपालमा राजु कार्कीले रेकर्डिङ अनि चन्द्र चौधरीले मिक्सिङ र मास्टरिङ गरेका हुन् ।
THAILEE ENTERTAINMENT युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा दयाहाङ राई, सुजाता थुलुङ राई, निशा पाख्रीन र अभिषेक केरुङको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।
किरण चाम्लिङ राईको उत्कृष्ट निर्देशन रहेको भिडियोमा सुलव लामाको छायांकन अनि अनिल रानाको सम्पादन रहेको छ ।
भिडियो हेर्नुहोस् :