पूर्वी पहाडी जिल्लामा भारी हिमपात,पर्यटकीय गतिविधि बढ्यो (फोटोसहित)

धनकुटा : पुर्वी पहाडी जिल्लामा वर्षासँगै भएको पूर्वी उच्च स्थानमा हिमपात भएको छ।

बाक्लो हिमपात भएपछि ती ठाउँको जनजीवन प्रभावित भएको छ। हिमपात विशेषगरी तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तिनजुरे मिल्के जलजले क्षेत्रमा भारी मात्रामा भएको छ।

तीनजुरे, पटेकडाँडा, मार्गा, गुफा बजार, मेन्छ्यायाम डाँडा, लसुने, जिरिखिम्ती, हरीसे,गुफापोखरी लगायतका लेकाली क्षेत्रमा भारी मात्रामा हिमपात भएपछि हिउँले सेत्याम्य भएका छन्।

ती क्षेत्रमा बाक्लो मात्रामा हिउँ परेपछि सिसाजस्तै हिउँ जमेको छ। हिमपात भएपछि चिसो बढेकाले जनजीवन प्रभावित भएको स्थानीय छिरिङ लामाले बताए। हिमपात भएपछि बिहीबार बेलुका घरबाहिर निस्कन नसक्ने अवस्था आएको उनले बताए।  हिउँ परेपछि जाडोले बालबालिका, वृद्धवृद्धा र पशु चौपाया बढी प्रभावित भएको लामाले बताए।

एक्कासी हिउँ परेकाले लेकाली क्षेत्रका जंगलमा रहेका चौंरी तथा भेडी गोठहरु औल क्षेत्रमा झार्न नपाएको नुनढाकीका लाक्पा गेलु शेर्पाले बताए। यसैबीच वर्षा संगै जिल्लामा हिमपात भएपछि बानीनाली सप्रने भन्दै किसान उत्साहित भएका छन। करिब दश महिनापछि वर्षात् भएको र त्योसँगै हिमपात पनि भएकाले लेकाली क्षेत्रमा हुने तरकारी बालीलाई फाइदा पुग्ने किसानको भनाइ छ।

पर्यटकीय गतिबिधि बढ्याे

यसैबीच हिमपात यो वर्ष पहिलोपटक भएकाले पर्यटकीय गतिबिधि बढ्ने भन्दै स्थानीय खुसी भएका छन्। तिनजुरे मिल्के जलजले क्षेत्रमा विशेषगरि गुराँस हेर्न र हिउँ खेल्न आन्तरिक पर्यटक आउने गरेका छन। बिहीबार साँझ हिउँ परेपछि शुक्रबार बिहानैदेखि पर्यटक भिड लागेकाे स्थानीय दिनेश कार्कीले जानकारी दिए।

उनले यो वर्ष गएका वर्षहरू भन्दा केही ढिलो र कम मात्रामा हिउँ परेको जानकारी दिए। ‘गएका वर्षहरुमा माघ महिना लागेदेखि नै एक दुइ फिट बाक्लो मात्रामा हिउँ पथ्र्यो।’ कार्कीले भने ‘यस वर्ष फागुन लागेपछि मात्रै त्यो पनि आधा फिट बाक्लो मात्रै हिउँ परेको छ।’

हिउँले ढाकेको सेतै डाँडाहरु । सेताम्यै पर्यटकहरु हिउँ सँगै रमाई रहेका हुन्छन् । पुर्बी नेपालको टिएमजेको फेदीमा रहेको तिन्जुरेको काख सँगै चित्रे डाँडामा पर्यटकहरु हिउँ खेली रहेकाे देख्न सकिन्थ्यो ।

बिहीबार परेको पानी सँगै हिउँ परेपछी यहाँ पर्यटकहरुको घुँईचो देखिएको छ । हिउँ पर्ने सिजनबित्नै लाग्दा हिउँ परेपछी पर्यटकहरुको मन परफुल्ल बनेको छ । पर्यटकीय गन्तब्यको रुपमा चिनीएको तिनजुरे मिल्के जलजले क्षेत्रको प्रबेशद्धारको रुपमा रहेको बसन्तपुर बजार नजिकै रहेको चित्रे डाँडा यति बेला पर्यटकहरु रमाई रहेका छन् ।

खासगरी जाडो यममा हिउँ खेल्न यहाँ पुर्बी तराईका विभिन्न जिल्लाहरुबाट पर्यटकहरु आउने गरेका छन । मंसिर अन्तिम सातादेखी फागुनको पहिलो साता सम्महिउँ पर्ने सिजन भएपनि यस बर्ष भने पहिलो पटक हिउँ परेको हो । यात्राकै क्रममा हिउँ खेल्न पाएकोमा रमाईलो लागेको आन्तरिक पर्यटक बुद्ध लिम्बुले बताए ।

धनकुटाको चित्रे डाँडा देखी तेह्रथुम र संखुवासभा जिल्लाको संगम स्थलतिनजुरे क्षेत्रमा हिउँ परेको छ ।
यहाँका गुफापोखरी,चौकी,मंगलबारे लगायतका स्थानहरुमा हिउँले ढाकेको छ । यस बर्ष हिउँ समय बित्नलागेर परेपनी रमाईलो भएको पर्यटकहरु बताउँछन । कोरोना भाईरसका कारण पर्यटक व्यवसाय सुस्ताए पनि बिस्तारै फस्टाउन सुरु भएको छ ।

गुराँसको राजधानीतिनजुरे मिल्ले जलजलले क्षेत्र पर्यटकहरुको मुख्य रोजाइमा पर्दै आएको गन्तव्य हो । हिउँ सँगै गुराँस फुल्ने सिजन सुरु हुन लागेकोले पर्यटकहरुको चहलपहल यस क्षेत्रमा बाक्लिन थालेको छ । पर्यटकहरुको आकषर्णलाई थप मजबुत बनाउन तीनै तहका सरकारले ध्यान दिन हाे भने अावश्यक रहेको देखिन्छ ।