पल शाह प्रकरणमा बाबुरामको टिप्पणी : न्यायिक फैसला सबैले मानौं


काठमाडौं : न्यायिक फैसला सबैले मान्नुपर्ने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पल शाह प्रकरण बारेमा न्यायिक बाहेक अरु विकल्प नरहेको बताउनुभएको छ । उहाँले भन्नु भयाे समाजमा ‘मर्दकी दशवटी’ भन्ने मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद भएको बताउनु भएको छ ।

 उहाँले टुइ्टमा पटिप्पणी गर्दै  न्यायिक फैसलाको सम्मान गर्न आग्रह गर्नु भएको हाे ।

अदालती प्रक्रियालाई प्रभावित पार्ने गरी तनहुँ सदरमुकाम दमौलीमा पल शाह पक्षधरको दिनहुँ भइरहेका प्रदर्शन र सामाजिक सञ्जालमा टिप्पणी भइरहँदा भट्टराईको यस्तो भनाइ आएको हो ।

यस प्रकरणमा मानवअधिकारवादी, सेलिब्रेटी र सार्वजनिक वृत्तबाट समेत भनाइहरु बाहिर आएका छन् । एक नाबालिकामाथि जबरजस्ती करणीको अभियोगमा पल शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् । उनलाई अदालतले अभियोगबारे बयान लिइरहेको छ ।