टाइगर कप भलिबलको महिलातर्फको उपाधि एपीएफलाई


काठमाडौं : दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि एपीएफले जितेको छ ।

पोखरा रंगशालामा आज (शनिबार) भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–० को सेटमा हराउँदै एपीएफले उपाधि जितेको हो ।

उपाधि जित्ने क्रममा एपीएफले आर्मीलाई २५–२३, २५–१५ र २५–२०को सेटमा हराएको हो ।

एपीएफले उपाधि जितेसँगै ३ लाख प्राप्त गरेको छ भने उपविजेता आर्मीले १ लाख ५० हजार प्राप्त गरेको छ ।