प्रधानमन्त्री कपः कर्णाली प्रदेशको पहिलो जित


काठमाडौं : कर्णाली प्रदेशले पीएम कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा प्रदेश नं. १ लाई ३१ रनले पराजित गर्दै पहिलो जित निकालेको हो ।

कर्णालीले दिएको १ सय २१ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले १७ दशमलब ५ ओभरमा अलआउट हुदै मात्र ८९ रन जोड्यो ।

प्रदेश १ का लागि फिर्दोश अन्सारीले सर्वाधिक २३ रन जोडे भने दिपेश कडेल र श्रवण यादवले समान १५/१५ रन बनाए । प्रदेश १ का लागि मुकुन्द यादवले सर्वाधिक ३ विकेट लिएका थिए ।

कर्णालीका लागि अनुज चुनारा सर्वाधिक ४ विकेट लिए भने दिवान पुनले दुई विकेट लिए । दिनेश अधिकारी, प्रकाश जैसी र अनुप कुवरले एक–एक विकेट हात पारेका थिए ।

कर्णालीका लागि कप्तान रविन्द्र शाहीले सर्वाधिक ३६ रनको योगदान गरे भने प्रकाश जैसीले २५ रन बनाए ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!