टी-२० विश्वकप छनोट: आज नेपाल र हङकङ भिड्दै


काठमाडौं : आईसीसी महिला टी–२० विश्व कपको एसिया छनोट अन्तर्गत आज नेपाली टोलीले हङकङसँग खेल्दै छ ।

दुबईको आईसीसी क्रिकेट एकेडेमीमा आज बिहान ११ः१५ बजे नेपाल र हङकङबीचको खेल हुनेछ । नेपाल पहिलो खेलमा जित निकाल्दै सुखद सुरुआत गर्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ।

टी–२० विश्व कप एसिया छनोटमा नेपालले हङकङसँगै यूएई, भुटान, मलेसिया र कुवेतसँग प्रतिस्पर्धा गर्नेछ। राउन्ड रोबिन प्रणालीमा हुने प्रतियोगिताको विजेताले विश्व कपको ग्लोबल छनोट खेल्न पाउनेछ ।

नेपालले मंगलबार भुटान, बिहीवार कुवेत, शुक्रबार मलेसिया र आइतबार यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।