नेपाल र बंगलादेशबीचको दोस्रो खेल बराबरीमा टुंगियो


काठमाडौं : नेपाल र बंगलादेशको महिला फुटबल टोलीबीचको दोस्रो मैत्रिपूर्ण खेल बराबरीमा टुंगिएको छ ।

काठमाडौं स्थित दशरथ रंगशाला खेलिएको खेल गोलरहित बराबरीमा सकिएको हो ।

दुवै टोलीले गोलका थुप्रै अवसरहरु गुमाएका थिए । नेपालले विपक्षी टोलीको पोष्टमा चारवटा प्रहार गरे पनि गोल गर्नबाट चुक्यो ।

बंगलादेशविरुद्धको पहिलो खेलमा भने नेपाल २–१ गोलले विजयी बनेको थियो ।

नेपालले एएफसी महिला एशियन कप–२०२२ छनोटका लागि तयारी स्वरुप बंगलादेशसँग मैत्रिपूर्ण खेल खेलेको हो । नेपाल भोलि नै प्रतियोगितामा भाग लिन उज्बेकिस्तान प्रस्थान गर्नेछ ।