विद्यालय हाताभित्रै कुटिएका प्रअले पाएनन् न्याय ,प्रहरीले उजुरी दर्ता गरेन


धनकुटा : धनकुटा नगरपालिका–८ सान्ताङस्थित देउराली माध्यमिक विद्यालयका प्रधानाध्यापक यमबहादुर बस्नेतमाथि विद्यालयमै कुटपिट भएको छ । उहा शारीरिक रुपमा अपांगता व्यक्तिसमेत हुनुहुन्छ ।

साेही विद्यालयका गणित विषयका शिक्षक चन्द्रकुमार राईमाथि विद्यार्थीले दुव्र्यवहार गरेको आरोप लागेका शिक्षकका विषयमा साँझमा विद्यालयको अफिस काेठा प्रधानाध्यापक बस्नेतलाई सोही छलफल भइरहेका समयमा सांघातिक आक्रमण भएको हो ।

प्रअ वस्नेतलाई छलफलमा कार्यकक्षबाट कठाल्नामा समातेर युवा संघका धनकुटा उपाध्यक्ष सन्देश अाठपरियाले कुटपिट गर्दै अफिस कक्षबाट निकालेको प्रअ वस्नेतले बताएका छन् । अाफु याे विषयमा पीडित भएको तर उजुरीको जिल्ला प्रहरी कार्यालय धनकुटाले दर्ता गरेको छैन्। शिक्षक बस्नेतका अनुसार कार्यकक्षमा कुटेको विषयमा उजुरी लिएर जाँदा प्रहरीले दर्ता नगर्ने बताएको छ।

यस विषयमा जिल्ला प्रहरी कार्यालयमा उजुरी लिएर उनकी श्रीमती भगवती वस्नेतलाई धनकुटाका डिएसपी चिरञ्जीवी दाहालले अहिले उजुरी नहाल्नु मिलेर जानु भन्दै उजुरी लिन नमानेका हुन । उनका अनुसार उजुरी नलिनु प्रहरीको आन्तरिक विषय भएको बताएका छन्। उनले प्रहरीले अनुसन्धान गरिरहेको तर उजुरी दर्ता गरेको नगरेको आन्तरिक विषय भएको बताएका छन्।

धनकुटामा यसअघि धेरै विषयमा उजुरी नपरेको भनेर प्रहरीले अनुसन्धान गर्न नसकेको बताउँदै आएको थियो। तर, यसपटक भने उजुरी दर्ता नगरी अनुसन्धान गरिरहेको बताएको छ। प्रहरीले उजुरी दर्ता नगरेपछि शिक्षक बस्नेतले यति दिन घटना घटेकाे समयहुदा पनि न्याय पाएकाेले अब आश मर्दै गएको गुनासो गरेका छन्।

उता प्रअलाई सुनियोजित तरिकाले विदा दिन विद्यालयको विवाद विद्यालय मिउने भन्दै धनकुटा नगरपालिका वडा नं ८ वडा रेस बहादुर राई बाेलाएकाे र उनी भने साे छलफल नवसेर बाहिर बसे र युवासंघ नेताले सन्देशले प्रअलाई हातपात गरेको साे विद्यालयका शिक्षकले बताएका छन् । अध्यक्ष राईले प्रअ आफुलाई मिलुम भन्दै फाेन गरिरहेकाे वस्नेतले वताए ।