प्रदेश नम्बर-१ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै


काठमाडौं : नेपाल बन्दका कारण हिजो विश्वासको मत लिन नपाएका प्रदेश नम्बर–१ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिँदै छन् ।

त्यसका लागि प्रदेशसभा बैठक बिहान ११ बजे बोलाइएको छ। राईले विश्वासको मतका लागि आइतबार प्रदेशसभामा प्रस्ताव दर्ता गराएका थिए ।

हिजो नेपाल बन्दका कारण प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उपस्थित हुन नसक्ने बताएपछि बैठक स्थगित गरिएको थियो ।

पाँच दलीय गठबन्धनमा ५० सांसद रहेकाले मुख्यमन्त्री राईले विश्वासको मत प्राप्त गर्ने सम्भावना धेरै छ ।

९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेशसभामा विश्वासको मत पाउन ४६ सांसद आवश्यक हुन्छ। उनी पाँच दलीय गठबन्धनको समर्थनमा यहि कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।