छ्थर जोरपाटी गाउँपालिकामा नेकपा ओली समुहको कर्याकर्ता भेला

63Shares

धनकुटा : धनकुटाकाे छ्थर जोरपाटी गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी नेकपा गाउँ कमिटीद्वारा आयोजित पालिका स्तरिय कार्यकर्ता भेला सम्पन्न भएको छ ।

साे कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी नेकपा ओली समुहका केन्द्रीय सदस्य राजेन्द्र राईले धनकुटाको ७ वटै तहमा प्रधानमन्त्री केपी ओलीतर्फ देखिएकोले अभुतपूर्ण एकताले धनकुटीले जनता अग्रगमनको पक्षमा रहेको स्पष्ट पारे ।

उनले अब हुने निर्वाचनमा सम्पुर्ण जनसमुदायलाई गोलबन्द गर्दै समृद्ध नेपाल को पक्षमा लाग्न समेत अनुरोध गरे । कार्यकर्ता भेला लाई केन्द्रीय सदस्य टिकाराम चेम्जोङ, प्रदेश कमिटी सदस्य इन्द्रमणी पराजुली, उज्जवल किराँती, युवा संघ केन्द्रीय सदस्य बलदिप राई तथा जिल्ला समन्वय प्रमुख टंक चुहान लगायतले आफ्नो धारणा राखेका थिए ।

छथरजाेरपार्टीका गाउँ कमिटी अध्यक्ष इन्द्र सारु मगरको अध्यक्षता सम्पन्न भएको छ ।

साे भेलामा छ्थर जोरपाटी गाउँपालिका स्तरीय कार्यकर्ता भेलामा स्थानीय तहको ३२ जनप्रतिनिधि मध्य अध्यक्ष उपाध्यक्ष सहित ३१ जना ओली क्याम्पमा खुलेका छन ।