धनकुटाबाट एमालेका राजेन्द्र कुमार राई विजयी


धनकुटा : धनकुटाबाट प्रतिनिधिसभा सदस्‍यमा नेकपा एमालेका उम्‍मेदवार राजेन्द्र कुमार राई निर्वाचित भएका छन् । राईले प्रतिस्पर्धी कांग्रेसका उम्‍मेदवार सुनीलबहादुर थापा भन्दा १ हजार ३९७ मतान्तरले विजयी भएका हुन् ।

राईले ३० हजार १०१ मत ल्याउँदा थापाले २८ हजार ७०४ मत ल्‍याएका छन् ।

यस्तै स्वतन्त्र उम्‍मेदवार हेमराज भण्डारीले ५ हजार ९२६, राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमार बहादुर थापाले १ हजार ५९ मत ल्याएका छन् ।