धनकुटा पाख्रिवासको सान्नेमा टोल समिति गठन पछि कांग्रेसको पक्षमा जनलहर


धनकुटा : धनकुटा जिल्लाको पाख्रिवास नरपालिकाको वडा नं. २ सान्नेमा आज नेपाली कांग्रेसले ११ वटा भातृ तथा शुवेच्छुक संस्थाहरु र ११ वटा टोल समितिहरु गठन सभा गरी घोषणा गरेपछि कांग्रेसको पक्षमा जनलहर बढ्दै गएको छ ।

धनकुटाको पाख्रिवास नगरपालिकाको वडा नं. २ सान्नेमा आयोजना गरेको घोषणा सभामा नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईले धनकुटामा नेपाल कांग्रेसको पक्षमा जनलहर आएकोले अव कांग्रेसले निर्वाचन जित्ने दावी गर्नु भयो ।
नेपाली कांग्रेस धनकुटका सचिव तथा युवा नेता विजय सन्तोषी राईले सान्नेको विकास र समृद्धीका लागी कांग्रेसले जित्नु पर्नेमा जोड दिनु भयो ।

नेपाली कांग्रेस पाख्रिवास नगरपालिका वडा नं. २ सान्नेका सभापति धन वहादुर मगरको अध्यक्षतमा सम्पन्न भएको सभामा जिल्ला सचिव जयन्द्र घिसिङ्ग, जिल्ला सदसयहरु निलम थापा, गिता पराजुली, क्षेत्रिय सभापति राजन पौडेल, नगर सभापति प्रेम भण्डारी, सहसचिव इन्दिरा कार्की, नेपाल महिला संघ धनकुटाका उपाध्यक्ष अम्विका धमला, नेपाल मगर संघका जिल्ला अध्यक्ष लेख वहादुर गाम्छाकीले नेपाली कांग्रेसले अहिले पार्टी संगठनलाई नयाँ गतिका साथ अगाडी बढाउदै गरेकाले कांग्रेसको पक्षमा जनलहर सिर्जना हुदै गएको वताउनु भयो ।

कार्यक्रमको संचालन नेपाली कांग्रेस पाख्रिवास नगर कार्य समितिका सचिव सन्तोष मानन्धरले गर्नु भएको थियो भने स्वागत मन्तव्य सचिव गजेन्द्र तामाङले गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल तरुण दल पाख्रिवासका अध्यक्ष रवि राई, मनिष राई, वडा नं. ५ का पाख्रिवासका नेपाली कांग्रेसका सभापति पासाङ्ग तामाङ, वडा नं. ८ का नेपाल तरुण दलका अध्यक्ष वकिल भूजेल, सान्नेका नेता सोभित आले मगर लगायतका सबै कांग्रेसजनहरुको सहभागिता रहेको थियो ।

नेपाली कांग्रेस पाख्रिवास नगरपालिका वडा नं. २ को धनसार टोल समितिको सभापतीमा रविन श्रेष्ठ, तारेली टोल समितिको सभापतिमा गंगा वहादुर आले, ढाडे गाउँ टोल समितिको सभापतिमा दल वहादुर आले, मालमासे क्षेत्री टोल समितिको सभापतिमा शिर वहादुर कटुवाल, दलित टोल समितिको सभापतिमा खेम वहादुर विक, रमिते टोल समितिको सभापतिमा रेवत राना, धिर्जे जौटार टोल समितिको सभापतिमा मिलन तामाङ, ओख्रे तालुखर्क टाले समितिको सभापतिमा प्रकाश कार्की, चारतले चापे टोल समितिको सभापतिमा पदम लुङ्गगेली, मालवासे गैरीगाउ टोल समितिको सभापतिमा राजन काम्छाकी र तामाङ टोल समितिको सभापतिमा सन्तोष तामाङ रहनु भएको टोल समिति गठन गरेको छ ।

यसैगरी पाख्रिवास वडा न. २ सान्नेकै नेपाल तरुण दलको वडा अध्यक्षमा विष्णु काम्छाकी, दलित संघको अध्यक्षमा खेमराज विक, नेपाल मगर संघ वडा अध्यक्षमा डोम वहादुर पिठाकोठे, नेपाल महिला संघ वडा अध्यक्षमा टिकामाया आले मगर, नेपाल तामाङ संघ वडा अध्यक्षमा दिल वहादुर तामाङ, नेपाल किसान संघ वडा अध्यक्षमा बल वहादुर कटुवाल, नेपाल आदिवासी जनजाती संघ वडा अध्यक्षमा मदन कुमार तामाङ रहनु भएको नेपाली कांग्रेस वडा नं. २ का वडा सभापति धन वहादुर तामाङले वताउनु भयो ।

उक्त आमसभामा वडा नं. २ का जेष्ठ नागरिक तथा जेष्ठ कांग्रेस छत्र वहादुर गाम्छाकी, देवी वहादुर गाम्छाकी, सोभित आलेमगर, कृष्ण वहादुर पिठाकोठे, टिकामाया आले, कृष्णमाया आले, दिर्घमाया गाम्छाकी, मनमाया खपाङ्गी, दुर्गामाया पुलामीलाई सम्मान गरिएको नेपाली कांग्रेस सान्नेका नेता लेख वहादुर गाम्छाकी मगरले वताउनु भयो ।

धनकुटा जिल्लाको पाख्रिवास नगरपालिकाको वडा नं. २ को सान्नेमा सबै ११ वटा टोलमा टोल समिति र ११ वटा भातृ संस्थाहरु गठन गरी परिचालन गरेपछी नेपाली कांग्रेसको पक्षमा जनलहर बढ्दै गएपछी सान्नेमा कांग्रेस जित सुनिश्चित बन्दै गएको हो ।