युवा र राजनिति


प्रकाश गिरी, विद्यार्थी नेता

चिनियाँ जनक्रा’न्तिका महानायक माओत्सेतुङले भनेका थिए– ‘युवाहरू हो ! यो संसार तिमीहरूको हो । हुन त हाम्रो पनि हो, तर अन्त्यमा विश्लेषण गर्दा तिमीहरूकै हो ।’

वास्तवमा परिवर्तनका बाहक युवाशक्तिलाई कुलत र कु’संस्कारबाट जोगाउँदै देश विकासको मूल प्रवाहमा समाहित गर्न सकेमात्र हामीले खोजे जस्तो परिवर्तन सम्भव छ ।

भविष्यप्रतिको आशाबोध जगाएर मात्र युवाहरूलाई राजनीतिमा तान्न सकिन्छ । यो संसार बदल्ने साहस र आँट तिनै युवाशक्तिमा निहित छ । युवा वर्गलाई राजनिति मा सक्रिय बनाउनको निम्ति सर्वप्रथम हामीलाई युवा वर्गको कमजोरीहरु बारे जान्न अति आवश्यक छ ।

युवा वर्ग राजनितिक मामला मा नि’स्क्रिय हुने मूल कारण हो रोजगार। रोजगार नपाएर नै युवा वर्ग विदेश जान बाध्य हुन्छन् र प्रत्येक दिन १५०० भन्दा बढी युवा रोजगारको लागी विदेश जाने गरेका छन् ।

विदेश जानेहरु मध्ये ५०% प्रतिशत भन्दा बढी को हाराहारीमा पढे लेखेका युवाहरु हुन्छन् नेपाल सरकारले ती युवाहरुलाई स्वदेश मै रोजगार सृजन गरी युवा पीढी लाई राजनीतिक, आर्थिक र विकासको मामलामा सक्रिय बनाउनू जरुरी छ ।

नेपाली राजनीतिमा पछिल्लो ७ दशक यता बिभिन्न राजनीतिक उतार चढावहरु उत्पन्न भए । कतिपय आफ्नो आँखाले देख्ने र भोग्ने अवसर प्राप्त भयो, त कतिपय अध्ययन र अग्रजहरूले भनेको आधारमा अनुभव बटुल्न पाइयो ।

राजनितिक आन्दोलनमा अग्रज एवम् उत्कृष्ट मानिएका ति नेतृत्व आजको पुस्ताको निम्ति आर्थिक बिकास र आर्थिक क्रान्तिको निम्ति असफल भएका हुन त ? परिवर्तन भएको व्यवस्थामा पुरानै व्यवस्थाका व्यक्ति हावी भएर पुरानै तरिकाले चल्न खोजेको हो त ? कि नेतृत्व असफल भएको हो त ? कि त यो व्यवस्था माथि कै दोष हो ? यी मेरो मनमा उब्जिएका प्रश्नहरू हुन् ।

१६ वर्षमा नगरिकता प्रदान गरिन्छ तर १६-१८ वर्ष उमेर समुहका उर्जावान, शिक्षित, प्रविधिमैत्री युवाहरूलाई आफ्नो जनप्रतिनिधिहरू चयन गर्ने अधिकार छैन ।

त्यस्तै विदेशमा रहेका युवाहरूले पठाएको रेमिटेन्सबाट देश चल्छ तर ती युवाहरूलाई जनप्रतिनिधि भयन गर्ने अधिकार छैन अनि देशको समृद्धि र विकास कसरी सम्भव हुन्छ ? देशको कुल जनसंख्याको ४०% भन्दा बढी हिस्सालाई मुल प्रबाहमा नल्याएसम्म मुलुकमा दिगो विकासको लक्ष्य पूरा गर्न असम्भव छ ।

युवाहरूको सहभागीताको सवाल केवल एउटा निश्चित उमेर समुहको कुरा किमार्थ हुन सक्दैन, यो त सिङ्गो मुलुकको आवश्यकता एवं अपरिहार्यता हो ।

राज्य सञ्चालनको मुटु राजनीति हो । युवावर्ग त्यसको धड्कन । तर व्यबहारमा यो कुरा लागू भएको छैन । राणावि’रोधी गतिविधि र प्रजातन्त्र, लोकतान्त्रि प्राप्तिको आन्दोलनमा सहादत प्राप्त गर्ने ती महान् सहिदहरू पनि युवानै थिए ।

२०३६ को विधार्थी आन्दोलन २०४६ जनआन्दोलन दस वर्षे जनयुद्ध र २०६२/०६३ को जनआन्दोलन अन्य विभिन्न आन्दोलनहरूमा युवाहरू अग्रपंक्तिमा उभिए तर यत्रो परिवर्तनका बाहक युवाहरू देशको नेतृत्व लिने ठाउँमा भने कहिल्यै पुगेनन् ।

राजनीतिमा गतिशील युवाको महत्त्वपूर्ण भुमिका हुन्छ भन्ने सोचका साथ हरेक दलले विभिन्न नामका युवा संगठन बनाए । तर सबै दलले युवालाई नेताका अंरक्षक रूपमा, सुरक्षा गार्ड र लडाकुका नाममा वा टायर बाल्ने र सडकमा नारा लगाउने झुण्डको रूपमा मात्र प्रयोग गरे र अवसरबाट भने वञ्चित गराए ।

अन्त्यमा :-
अहिले देशमा राजनीतिक परिवर्तनको महत्त्वपूर्ण कार्यभार लगभग पूरा भएको अवस्था छ तर सत्ता र शक्तिमा पहुँच राख्ने सिमित राजनीतिज्ञ बाहेक आम सर्वसाधारणको जीवनमा कुनै ठोस परिवर्तन आएको छैन त्यसैले आर्थिक समृद्धि र विकासको मार्गमा कसरी देशलाई लैजाने भन्ने चासो र चिन्ता युवाहरूले पनि राख्नु जरुरी छ ।