आज उपत्यकाका यी अस्पतालमा फाइजर खोप लगाइदै


काठमाडौं : आजदेखि कोरोनाविरुद्धको फाइजर खोप काठमाडौं र ललितपुरमा बालबालिकाहरुलाई लगाइदैछ ।

दिर्घरोगीहरुलाई लगाएर बचत भएको खोप आइतबारदेखि मंगलबारसम्म १२ वर्षदेखि १७ वर्ष उमेरसमुहका स्वस्थ बालबालिकाहरुलाई सरकारले दिने भएको हो ।

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती सेवा अस्पता, सहिद गंगालाल ह्दयकेन्द्र, विरेन्द्र सैनिक अस्पताल र ललिपुरको पाटन अस्पतालमा खोप लगाइने कार्यक्रम रहेको छ ।