सूर्य वहादुर थापा प्रतिष्ठानद्धारा धनकुटामा विभिन्न सामाजिक संस्थालाई स्वास्थ्य सामग्री वितरण


धनकुटा : सुर्य वहादुर थापा प्रतिष्ठानका अध्यक्ष पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापाले धनकुटामा स्वास्थ्य संस्थाहरु, सुरक्षा निकायहरु लगायत विभिन्न सामाजिक संस्थाहरुलाई स्वास्थ्य तथा सुरक्षित सामग्रीहरु वितरण गर्नु भएको छ ।

सूर्य वहादुर थापा प्रतिष्ठानको तर्फबाट प्रतिष्ठानका अध्यक्ष तथा पूर्वमन्त्री सुनिल वहादुर थापाले जिल्ला प्रशासन कार्यालय धनकुटा, जिल्ला प्रहरी कार्यालय धनकुटा, धनकुटा अस्पताल, सशस्त्र प्रहरी बल ६ नम्वर छिन्ताङ्ग गुल्म धनकुटा, नेपाली सेनाको सल्लेरी व्यारेक धनकुटा, एम्वुलेन्स चालकहरु, धनकुटा उद्योग बाणिज्य संघ, नेपाल नेत्र ज्योती संघ धनकुटा, नेपाल पत्रकार महासंघ धनकुटा, नेपाल प्रेस युनियन धनकुटा, जेष्ठ नागरिक समाज धनकुटा नगर, सिटि जेसिज धनकुटा, धनकुटा लेडिज जेसिज धनकुटा, नेपाली कांग्रेस धनकुटालाई विभिन्न स्वास्थ्य तथा सुरक्षित सामग्रीहरु प्रदान गर्नु भएको हो ।

मास्क, सेनिटाईजर हेण्ड वास, औषधी, विपि ई किट, भिटामनिहरु, थर्ममिटर, अक्सिजन कन्सेटेटर मेसिनहरु, अक्सिजन सिलिन्डरहरु लगायत विभिन्न समाग्रीहरु गरी करीव ६२ लाख रुपैया वरावरको समाग्रीहरु धनकुटाका स्वास्थ्य संस्थाहरु र सुरक्षा निकायहरुलाई, एम्बुलेन्स चालकहरुलाई वितरण गर्नु भएको प्रतिष्ठानका महासचिव मदन घिमिरेले वताउनु भयो ।

उक्त सामग्रीहरु सूर्य वहादुर थापा प्रतिष्ठानका अध्यक्ष तथा पूर्वमन्त्री नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापाले काठमाडौंमा आफ्ना सहयोगी साथीहरुबाट तथा विभिन्न सहयोगी संस्थाहरुसंग संकलन गरेर केही दिन अघि धनकुटा ल्याउनु भएको र अहिले वितरण गर्नु भएको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

उक्त स्वास्थ्य समाग्रीहरु हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय आमन्त्रित सदस्य मनोहर नारायण श्रेष्ठ, धनकुटाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्त, वरख गण सल्लेरी व्यारेकका गणपती कर्णेल दुर्गा थापा, पूर्व डिआई जि दिनेश अमात्य, जिल्ला प्रहरी कार्यालयका एस पी नकुल पोखरेल, सशस्त्र प्रहरी बल ६ नम्वर छिन्ताङ्ग गुल्मका गुल्मपती रामचन्द्र श्रेष्ठ, राष्टिय अनुसन्धान धनकुटाका प्रमुख तुलसी कटेल, नेपाली कांग्रेस धनकुटाका उपसभापती नविन किशोर शाक्य, सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, महासमिति सदस्य मिन कार्की लगायत जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्यहरु यूवा नेता अषित थापा, प्रतिष्ठानका महासचिव मदन घिमिरे, धनकुटा नगरपालिका वडा नं.६ का वडाध्यक्ष नरेश श्रेष्ठ, नगर कार्य समितिका उपसभापती मिलन खड्की, तरुण डिफेन्स फोर्सका धनकुटा नगर अध्यक्ष रत्नेश श्रेष्ठ, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई, पूर्व अध्यक्षहरु राजेश्वर वहादुर श्रेष्ठ, खगेन्द्र घिमिरे, नेपाल नेत्र ज्योती संघ धनकुटाका अध्यक्ष रोशेष श्रेष्ठ, नेपाल तरुण दल धनकुटका कार्यवहाक अध्यक्ष यूवराज पराजुली, नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष हिमा चेम्जोङ, सिटि जेसिजका महासचिव करुण कटुवाल, नेपाली कांग्रेस धनकुटा नगरपालिका वडा नं. ६ का सभापती रुपेश श्रेष्ठ लगायतका महानुभावहरुको सहभागिता रहेको थियो ।

यस भन्दा अघि मात्र नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापाले नेपाली कांग्रेस धनकुटाका अनुरोधमा पहल गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट ठूलो मात्रमा विभिन्न स्वास्थ्य सामग्रीहरु ल्याएर धनकुटा अस्पताल र विभिन्न पालिकाहरुको स्वास्थ्य सस्थाहरुको लागी स्वास्थ्य कार्यालय धनकुटालाई हस्तान्तरण गर्नु भएको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

नेपाली कांग्रेसले संचालन गरेको कोरोना विरुद्धको अभियानका लागी नेपाली कांग्रेस धनकुटाको अनुरोध दुई महिना अघिनै नेपाली कांग्रेसका सहमहामन्त्री पूर्वमन्त्री सुनिल वहादुर थापाले सूर्य वहादुर फाउण्डेशन मार्फत उहाका सहयोगी साथीहरुबाट विभिन्न स्वास्थ्य सामग्रीहरु संकलन गरी धनकुटाका जनतालाई धनकुटा कांग्रेस मार्फत वितरण गर्नका लागी ल्याएर प्यासिफिक होटलमा राखिएको स्वास्थ्य सामग्रीहरुको विषयलाई लिएर तथ्य र यर्थाथ कुरालाई बंगाएर अतिरञ्जित ढंगले कपोलकल्पित किसिमले प्रचार गरी नेकपा एमाले धनकुटाले भ्रम सिर्जना गर्न खोल्दै हाम्रो पार्टी नेपाली कांग्रेस धनकुटा र पार्टीका सहमहामन्त्रीको बदमान गर्ने कोसिस गरिरहेको प्रति घोर आपत्ति समेत नेपाली कांग्रेस धनकुटाले जनाएको थियो ।

धनकुटाका स्वास्थ्य संस्थाहरु र धनकुटाबासीहरुका लागी सूर्य वहादुर फाउण्डेशन र नेपाली कांग्रेस धनकुटा मार्फत उक्त स्वास्थ्य तथा सुरक्षित समाग्रीहरु अन्य महत्वपूर्ण स्वास्थ्य सामग्रीहरु मा पूर्वमन्त्री तथा पार्टीका सहमहामन्त्री सुनिल वहादुर थापाले सूर्य वहादुर फाण्डेशन मार्फत पाप्त भएका उक्त स्वास्थ्य समाग्रीहरु नेपाल सरकारको कुनै पनि लगानी नभएको र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पनि उपलब्ध नभएको समेत जानकारी गराउनु भयो ।

पूर्वमन्त्री तथा प्रतिष्ठानका अध्यक्ष कांग्रेस सहमहामन्त्री सूनिल वहादुर थापाको विशेष पहलमा वितरण गरिएको स्वास्थ्य समाग्रीहरुले धनकुटेली जनताहरुलाई स्वास्थ्य उपचारमा र कोरोना नियन्त्रणमा ठूलो सहयोग पुग्ने छ ।