सुनको भाउ २०० रुपैयाले वृद्धि, आज प्रतितोला ९०,६०० रुपैयाँमा कारोबार


काठमाडौं : गत सोमबार ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा (आज) मंगलबार थप २०० रुपैयाँ वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ९० हजार ६०० रुपैयाँ कामय भएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य आज ९० हजार १०० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार यता चाँदीको मूल्य भने मंगलबार प्रति तोला २५ रुपैयाँले वृद्धि हुँदै एक हजार ३२५ रुपैयाँ कायम भएको छ ।