फेरि घट्यो सुनको मूल्य, आज ८६,५०० रुपैयाँमा कारोबार

काठमाडौं : स्थानीय बजारमा सुनको भाउ आज एक हजार रुपैयाले ओरालो लागेको छ ।

तोलामा रु ८७ हजार ५०० मा बुधबार कारोवार भएको छापावाला सुन आजका लागि भने रु ८६ हजार ५०० मूल्य निर्धारण भएको छ ।

त्यसैगरी बुधबार रु ८७ हजार ५० मा कारोवार भएको तेजाबी सुन आजका लागि भने तोलामा रु ८६ हजार ५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

साथै बुधबार रु एक हजार ३१५ मा कारोवार भएको चाँदी आजका लागि भने तोलामा रु एक हजार २८५ मूल्य निर्धारण भएको महासङ्घले जनाएको छ ।