प्रचण्ड र धरानका मेयर हर्क साम्पाङ बिच भेटवार्ता


काठमाडौं : धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका छन् ।

विभिन्न स्थानीय समस्या सम्बोधनका लागि काठमाडौं आएका धरानका मेयर साम्पाङ र प्रचण्डबीच खुमलटारमा भेटघाट भएको हो ।

साम्पाङले अध्यक्ष प्रचण्डसँग धरानको विकास र सम्बृद्धिका विषयमा छलफल गरेको प्रचण्ड सचिवालयले जनाएको छ ।