अन्नपूर्ण केवलकार १ हप्ता बन्द हुने


काठमाडौं : पर्यटकीय नगरी पोखरा लेकसाईड, सेदीवगरदेखि सराङकोटसम्म जाने केवलकार एक हप्ता बन्द हुने भएको छ ।

केबलकारको नियमित मर्मत सम्भारको लागि असार ३१ गते देखि श्रावण ६ गते सम्म बन्द हुने भएको हो ।

साथै केवलकारको सेवा श्रावण ७ गते शनिवार बिहान ९ बजे देखि साँझ ६ बजे सम्म यथावत रुपमा सञ्चालन हुने हुने कम्पनीले जनाएको छ ।