हाम्रो संलग्नता छैन : धनकुटा युवा संघ


धनकुटा : एमाले निकट युवा संघले उक्त शिक्षक कु’टपिटको घटनामा आफ्नो उपाध्यक्ष आठपहरियाको संलग्नता नभएको जनाएको छ । युवा संघ धनकुटा अध्यक्ष प्रवीण पोखरेलले जारी गरेको विज्ञप्तिमा उपाध्यक्षको कुनै संलग्नता नरहेको दाबी गरिएको छ ।

यो घटनालाई राजनीतिकरण गरिएको भन्दै उसले आपत्ति जनाएको छ। तर, राति भएको घटनामा युवा संघका जिल्ला उपाध्यक्ष आठपहरियाको संलग्नता रहेको पीडित शिक्षक बस्नेतले दाबी गरिरहँदा युवा संघका अध्यक्ष भने संलग्नता नभएको दाबी गर्छन् ।

मेरो संलग्नता छैन : वडा अध्यक्ष

यता धनकुटा नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष रसबहादुर राईले उक्त घटनामा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै उक्त घटना हुँदा वडा सदस्य चौतिसलाल राई सहित पुगेको भएपनि संलग्नता नभएको बताएका छन्। उनले राति नौ बजेको भएको घटना आफू किन पुगेको भन्ने बताएका छैनन् ।