लाइसेन्सको अनलाइन आवेदन बन्द



काठमाडौं : यातायात व्यवस्था विभागले अनिश्चितकाल सम्मका लागि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ ।

आगामी वैशाख १६ गतेदेखि अनिश्चितकालका लागि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन बन्द हुने भएको छ ।

कोरोना महामारी फैलिएको भन्दै विभागले मंगलबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै सोबारे जानकारी दिएको हो ।

अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन बन्द गरिएको विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए ।

यसबाट सेवाग्राहीलाई हुने असुविधाप्रति हामी क्षमाप्रार्थी छौं’ प्रवक्ता डा.लोकनाथ भुसालद्वारा जारी सूचनामा भनिएको छ ।