आजको मौसम : सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुने सम्भावना


काठमाडौं : आज (बुधबार)बाट नयाँ वर्ष २०७८को सुरुवात भएको छ । नयाँ वर्षको पहिलो दिन देशभरका पहाडी क्षेत्रमा आंशिक बदली भएपनि अन्य भागमा भने मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुने अनुमान गरिएको महाशाखाले जानकारी दिएको छ । काठमाडौंको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १२ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।