आजको मौसम: पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना


काठमाडौं : हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपाल भन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्युन चापीय प्रणालीको पनि प्रभाव रहेको छ ।

देशको पहाडी भू-भागहरूमा आंशिक बदली  रहेको छ साथै देशका केही स्थानहरूमा तुवाँलो लागेको अवस्था छ ।

बिहीबार (आज) देशका पहाडी भू-भागमा आंशिक देखि समान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली  रहने छ ।

प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।