आजको मौसम : पहाडी भू-भागमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना


काठमाडौं : जल तथा मौसम विज्ञान विभाग अन्तरगत मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भूभागहरुमा आंशिक र सामान्य  बदली भइरहेको छ । बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा  रहने छ ।

पहाडी भूभागका केही स्थानमा भने राति मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमानमा उल्ल्लेख गरेको छ ।

आज राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।