कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मी तलब नपाएको भन्दै आन्दोलनमा


धनुषा : कोरोना महामारीमा खटेका स्वास्थ्यकर्मीहरु तलब भत्ता नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन् । प्रदेश नम्बर २ सरकारले महामारीमा खटेका स्वास्थ्यकर्मीहरुलाई तलब भत्ता नदिएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

स्वास्थ्यकर्मीहरुले सरकारको बेवास्ताविरुद्ध बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि २ घण्टा चक्काजाम समेत गरेका छन् ।

उनीहरुले बिगतको तलब भत्ताका भुक्तानी गर्नुका साथै आफुहरुको जागिर समेत सुनिश्चित गर्न माग गर्दै ४ बुँदे माग अघि सारेका छन् ।

करार अवधि समाप्त भैसक्दा समेत सरकारले तलब भत्ता उपलव्ध नगराएपछि आन्दोलनमा उत्रिनुपरेको स्वास्थ्यकर्मी सुशील यादवले बताए ।

धनुषामा करारमा खटिएका  करिब ४ सय स्वास्थ्यकर्मीहरुले ४ महिनाको तलब पाएका छैनन् । उनीहरुले साउनदेखि कार्तिक मसान्तसम्म करारमा काम गरेका थिए ।