राजसँग सम्बन्ध विच्छे’द गर्ने खबरसँगै शिल्पाले गरिन् यस्तो पोस्ट


एजेन्सी : बलिउड अभिनेत्री शिल्पा सेट्टी र राज कुन्द्राको विषय फेरि चर्चामा आएको छ । अहिले भने उनीहरूको सम्ब’न्ध वि’च्छेद हुने खबरले चर्चा पाएको हो ।

समाचार अनुसार राजलाई हिरा’सतमा लिए पछि शिल्पा र उनको सम्ब’न्ध कमजोर बनेको छ । यही कारण शिल्पा अब राजसँग बस्न चाहँदिनन् र शिल्पाले राजसँग सम्ब’न्ध विच्छे’द गर्न लागेको खबर आएका छन् ।

यद्यपि यी समाचार माथि राज र शिल्पा दुवैको तर्फबाट कुनै पनि प्रतिक्रिया आएको छैन । तर, हालै शिल्पाले आफ्नो इन्स्टाग्राममा एउटा पोस्ट गरेकी छन्, जसले स’म्बन्ध वि’च्छे’दको खबर खण्डन गर्छ । शिल्पाले विवाहको तस्वीरहरू सार्वजनिक गरेकी छन् ।

यसबाट के थाहा हुन्छ भने उनीहरू अलग हुन चाहँदैनन् । वास्तवमा शिल्पा र राजको विवाहको १२ वर्ष पूरा भएको छ। उनीहरूले २२ नोभेम्बर २००९ मा विवाह गरेका थिए ।

तस्वीर शेयर गर्दै शिल्पाले लेखेकी छन्, ‘१२ वर्ष पहिलेको यो पल..हामीले यसलाई बनायौं र वाचा गर्‍यौं…त्यसलाई पूरा गरिरहनेछौं, राम्रो समयका साथमा बिताइ रहनेछौं । मुस्किल समयमा प्रेम र भरोसाको साथमा सहनेछौं ।’