बलिउड अभिनेता अक्षय कुमारकी आमाको नि’धन


मुम्बई : बलिउड अभिनेता अक्षय कुमारलाई मातृ शो’क परेको छ। अक्षयले ट्वीटर र इन्स्टाग्राम एकाउण्ट मार्फत आमा अरुणा भाटियाको नि’धन भएको जानकारी दिएका छन् ।

अभिनेताकी आमा केही दिनदेखि अस्वस्थ भएपछि उनी आइ सियूमा उपचाररत थिइन् । ‘उहाँ मेरो लागि सबै कुरा हुनुहुन्थ्यो र आज म भित्रबाटै धेरै दुःखी महशुस गरिरहेको छु ।

मेरी आमा श्रीमति अरुणा भाटियाले आज बिहान शान्तपूर्वक यो विश्वबाट बिदा हुनु भयो । उनी मेरो पितासँग दोस्रो विश्वमा गएर मिल्नु भयो । म र मेरो परिवार जुन दुःखमा गुज्रि रहेका छौं । यसमा म तपाईंहरुको प्रार्थनाको इज्जत गर्छु । ओम शान्ति’, अक्षयले लेखेका छन् ।

अक्षयले मंगलबार इन्स्टाग्राममा एक पोस्ट शेयर गर्दै आमाका लागि केही घण्टा नाजुक रहेको र फ्यानलाई प्रार्थना गर्न आग्रह गरेका थिए ।

अक्षयको आमालाई मुम्बईस्थित हिन्दुजा अस्पतालमा भर्ना गरिएको थियो।यही कारण लण्डनमा सुटिङ भइरहेको फिल्म ‘सिण्डरेला’को काम छोडेर अक्षय मुम्बई आएका थिए ।

छायाङ्कन सकाएर अर्को महिनामात्रै भारत फर्कने योजनामा रहेका अक्षय मंगलबार हतार हतार भारत फर्किएका थिए । आमा अरूणा भाटिया अस्पतालको आईसिय्रमा भर्ना भएपछि अक्षय सबै काम छोडेर भारत फर्किएका थिए ।