जर्जिन्होले जिते युईएफए वर्ष खेलाडीको अवार्ड


एजेन्सी : युईएफए वर्ष खेलाडीको अवार्ड पूरुषतर्फ चेल्सीका जर्जिन्हो र महिलातर्फ बार्सिलोनाकी एलेक्सिया पुतेयासले जितेकी छिन् ।

जर्जिन्होले यस सिजन चेल्सीलाई च्याम्पियन्स लिग र इटलीलाई युरोकप फुटबलको उपाधि जिताउन महत्वपूर्ण भूमिका निभाएका थिए ।

त्यसैगरी, स्पेनकी एलेक्सियाले क्लब तथा अन्तर्राष्ट्रिय फुटबल दुबैमा निकै उत्कृष्ट खेलेकी थिइन् ।

चेल्सीलाई च्याम्पियन्स लिग जिताउने थोमस टुचेलले उत्कृष्ट प्रशिक्षक, चेल्सीका इडुआर्ड मेन्डीले उत्कृष्ट गोलकिपर, म्यानचेस्टर सिटीका रुबेन डियासले उत्कृष्ट डिफेन्ड र चेल्सीका एनगोलो कान्टेले उत्कृष्ट मिडफिल्डरको अवार्ड जितेका छन् ।

उत्कृष्ट फरवार्डको अवार्ड बोरुसिया डर्टमुन्डका इर्लिङ हाल्यान्डले जितेका छन् ।