बार्सिलोना छोड्दा थामिएन मेस्सीको आँशु


एजेन्सी : लियोनल मेस्सीले आज बार्सिलोना फूटबल क्लब छाडेका छन् ।

लामो समयदेखि खेलिरहेको क्लबलाई उनले आज औपचारिक रुपमा पत्रकार सम्मेलन गरी छाडेका हुन् । क्लब छाड्ने बेला उनले आफ्नो आँशु थाम्न सकेनन् ।

उनको भनाईलाई उदृत गर्दै बीबीसीले लेखेको छ,‘मैलै यो क्लब छोड्दा मेरो रगत चिसिएको छ । यो मेरो दास्रो घर थियो । पछिल्लो साल मैलै क्लब छाड्न पहल गरेपनि यसवर्ष छाड्ने इच्छा थिएन् । यो क्लब सित मेरो सम्बन्ध सकियो ।नयाँ कहानीको सुरुवात हुन्छ ।’

जुन महिनामा मेसीले क्लबसँग गरेको अन्तिम सम्झौताको म्याद सकिएपछि उनी फ्री एजेन्ट भएका थिए । ६ पटक बालोन डीओर जितेका मेसी नयाँ क्लब खोज्न बाध्य भएका छन् । यस परिस्थितिले आफूलाई स्तब्ध बनाएको मेसीले बताए ।