भारी मतान्तरसहित एमाले अध्यक्ष ओली विजयी


काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भारी मतान्तरसहित झापा ५ बाट प्रतिनिधिसभामा विजयी भएका छन् । विपक्षी गठबन्धनका उम्मेदवारलाई २८ हजार भन्दा बढी मतले पछि पार्दै ओली निर्वाचित भएका हुन् ।

मतगणनाको अन्तिम परिणाम अनुसार ओलीले ५२ हजार ३१५ मतले बिजय हासिल गर्दा नेपाली काँग्रेसका उम्मेदवार खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४१ मत पाएका छन् ।

उनीहरुबीच २८ हजार ५७४ मतको अन्तर रहेको छ । २०७४ को निर्वाचनमा पनि ओलीले अधिकारीलाई नै पराजित गरेका थिए ।