पछिल्लो २४ घण्टामा ३०८ जनामा कोरोना संक्रमण पुष्टि, २९८ जना डिस्चार्ज, ३ जनाको मृ’त्यु


काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ३०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ९०९ जनाको परीक्षण गर्दा पीसीआर ७,१०४ जनाको गर्दा २८१ जनामा संक्रमण पुष्टि भएको छ भने १,८०५ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ ।

नेपालमा हालसम्म पीसीआर विधिबाट ८ लाख २० हजार २८५ जना तथा एन्टिजेन विधिबाट ९५ हजार ४२४ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

यहि अवधीमा २९८ जना संक्रमणमुक्त भएका छन् । योसंगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८ लाख १ हजार ४२० पुगेको छ । नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ३ जनाको मृ’त्यु भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५१६ जना पुगेको छ । नेपालमा कोभिड–१९ बाट मृ’त्यु हुनेको दर १.४ प्रतिशत रहेको छ ।