पछिल्लो २४ घण्टामा ३३२ जनामा कोरोना संक्रमण पुष्टि, २३२ जना डिस्चार्ज, ४ जनाको मृ’त्यु


काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ३३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ९२० जनाको परीक्षण गर्दा पीसीआर ७,५९० जनाको गर्दा ३०५ जनामा संक्रमण पुष्टि भएको छ भने २,३३० जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ ।

नेपालमा हालसम्म पीसीआर विधिबाट ८ लाख २० हजार ४ जना तथा एन्टिजेन विधिबाट ९५ हजार ३९७ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

यहि अवधीमा २३२ जना संक्रमणमुक्त भएका छन् । योसंगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८ लाख १ हजार १२२ पुगेको छ । नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ४ जनाको मृ’त्यु भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५१३ जना पुगेको छ । नेपालमा कोभिड–१९ बाट मृ’त्यु हुनेको दर १.४ प्रतिशत रहेको छ ।