पछिल्लो २४ घण्टामा १,५५८ जनामा कोरोना संक्रमण पुष्टि, १,३५१ जना डिस्चार्ज, १० जनाको मृत्यु


काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ५५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३८५ जनाको परीक्षण गर्दा पीसीआर ८,६६५ जनाको गर्दा १,०८६ जनामा संक्रमण पुष्टि भएको छ भने ३,७२० जनाको एन्टिजेन परीक्षण गर्दा ४७२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ ।

नेपालमा हालसम्म पीसीआर विधिबाट ७ लाख ८३ हजार ७५ जना तथा एन्टिजेन विधिबाट ८८ हजार ६५९ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

यहि अवधीमा १ हजार ३५१ जना संक्रमणमुक्त भएका छन् । योसंगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ४६ हजार ५६६ पुगेको छ । नेपालमा निको हुने दर ९५.३ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार १२ जना पुगेको छ । नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको दर १.५ प्रतिशत रहेको छ ।