पछिल्लो २४ घण्टामा १,५६२ जनामा कोरोना संक्रमण पुष्टि, १,५८९ जना डिस्चार्ज, १९ जनाको मृत्यु


काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ५६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ४४३ जनाको परीक्षण गर्दा पीसीआर १०,२६६ जनाको गर्दा १,१८० जनामा संक्रमण पुष्टि भएको छ भने ४,१७७ जनाको एन्टिजेन परीक्षण गर्दा ३८२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ ।

नेपालमा हालसम्म पीसीआर विधिबाट ७ लाख ७९ हजार ४९२ जना तथा एन्टिजेन विधिबाट ८७ हजार ४१३ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

यहि अवधीमा १ हजार ५८९ जना संक्रमणमुक्त भएका छन् । योसंगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ४२ हजार ३०६ पुगेको छ । नेपालमा निको हुने दर ९५.२ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १९ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ९८४ जना पुगेको छ । नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको दर १.५ प्रतिशत रहेको छ ।