मुलुक जनता अनि संघीयता


बाशुदेब न्यौपाने, त्रिभुवन बिश्वविद्यालय

सानो मुलुक थोरै जनसंख्या भएको यस देश विभिन्न कालखण्डमा अनेकन बाधा अड्चन तथा आरोह अबरोह पार गर्दै यस स्थितिमा प्रवेश गरेको छ । सार्बभौमसत्ता यस मुलुक कुनैपनी समयमा कसैको गुलाम नबनेको किन आज एकाएक अर्काको इसारामा चल्ने हुन पुग्यो । कुनै समयमा अन्य मुलुकहरूलाई अनेकन चिज सहयोग गर्ने मुलुक किन दिन प्रतिदिन एकाएक छिमेकी मुलुकको साहारामा बाच्ने सम्म हुन पुग्यो ।आमजनमानसको दिमागमा यस्ता प्रश्नहरु दैनिक जसो हजारौं आउने गर्छ्न आखिर किन यस्ता प्रश्नहरु आउछ्न कतै हाम्रा ब्यबस्थापक हरुमा त खोट छैन भन्ने जस्ता तर्क बितर्क हुने गरेको पाइन्छ । विभिन्न चोक चिया पसल , चौतारिमा दैनिकको टपिक नै यसै विषयमा हुने गर्दछ ।

राणाशासन पछि पन्चायत लोकतान्त्रिक हुँदै गणतान्त्रिक मुलुकमा प्रवेश गरि धेरै सपुतका बलिदानिको रक्ताम्य तस्बिर अँखाबाट हटेपनी किन देश झन झन बिपरित दिशातिर धकेलिदै छ । खै तिनकरोड जनसंख्याको यस प्रश्नको सहि उत्तर कस्ले दिने ? राज्यसत्तको बागडोरमा घुम्दैफिर्दै करिब तिस बर्ष लगभग उहि अनुहार दोहोरिन्छ खास देशले निकास कैले पाउने ?

नयाँ संविधान नयाँ ब्यबस्था स्थाइ सरकार पनि आयो लगभग त्यस्को पनि आयु सिद्दिन लाग्दा खै त खासै के परिवर्तन आयो त वैदेशिक ऋण यस सरकार आउनु भन्दा पहिले सम्म आठ खरब मा सिमित द्ध बर्षभित्र झन्डै दोब्बर किन भयो ? बिकासका पुर्वाधार हरुमा किन उल्लेख्य सुधार देखिन्न ।

एकातिर बिकासका पुर्वाधार हरुको उचित पहिचान ब्यबस्थापन हुन नसक्नु र सुरु भएका र देशले नै कोल्टे फेर्ने भनिएर भासणबाजि गरिएका पुर्वाधार हरुमा सुरुवाती बजेट बक्तब्य भन्दा दोब्बर तेब्बर हुनुमा दोसि को ?आयोजना प्रमुखको ? कि सरकारको ?

संघीयता आएपछी देश ले व्यापक रुपमा सुधार पाउनेछ सबैको जिबनयापन सजिलो हुनेछ उच्चस्तरीय शिक्षा ,ब्यबस्थित स्वास्थ सेवा रोजगारीको व्यापक अबसर आउँछ भनेर दैनिक रुपमा हजारौं स्टेजबाट भासणबाजि गर्न त छाडिएन तर खै त के आयो प्रगतिबिवरण के भयो त कायापलट कस्ले दिने जवाफ ?

समस्या झन झन जटिल बन्दै गरेको यस्तो अवस्थामा मुलुक राजनैतिक रस्साकस्सिमा सिमित छ दैनिक सयौको मात्रामा बिदेसबाट आएका लासहरुका आफन्तलाई के दिने जवाफ ? शैक्षिक योग्यतामा अब्बल युवाजमात दैनिकजसो हजारौमा बिदेश पलायन हुनुमा खास दोसि को हो हेरिनुपर्दैन ? समाजमा भएका अनेकौं हत्या हिंसा बलात्कार अनि जातिय बिभेदको मुद्दा हर दिन ब्यापक रुपमा बढिरहेको छ ।धनी र गरिब बिचको खाडल दिनप्रतिदिन झन डरलाग्दो स्थितिमा बढिरहेको छ ।

अझ पछिल्लो समय बिश्वनै आक्रान्त बनेको कोरोना भाइरस बाट हाम्रो मुलुक पनि धेरै छती बेहोर्ने मुलुकमा पर्छ । जनसंख्या को छ प्रतिशत मा पनि भ्याक्सिन दिन नसकिरहेको परिस्थिति छ ।बाहिरी मुलुक लगभग पुरानै लयमा फर्कदै गरेको परिस्थिति छ ।तर हाम्रो मुलुक झन प्रतिकुल बन्दै गैरहेको छ ।

संघीयता ब्यबस्थापन मा नराम्रो सङ चुकेको छ । लामो समय देखि प्रदेशको नामाकरण, राजधानी ब्यबस्थापकिय सरचना अनि कर्मचारी ब्यबस्थापन गर्न सकिरहेको छैन ? आफ्नो काम के भन्ने समेत यथार्थ यकिन गर्ने सकिरहेकै छैन प्रदेशले केन्द्रमा भन्दा सयौ समस्या देखिन्छ प्रदेशमा ।यदि ब्यबहारिक नीति कार्यक्रम ल्याइ एउटा रोडम्याप तथा खाका तयार पारी ,कार्यप्रारम्भ गर्न पाएको भए मुलुक लगभग एउटा लय समात्ने स्थितिमा पुग्थ्यो ? संघ को काम के प्रदेशको काम के र स्थानीय तहका काम के यथार्थपरक रुपमा बिभाजन गरि मासिकरुपमा कार्यप्रगती विबरण मगाएर प्रतिस्पर्धात्मक रुपमा कार्यमा केन्द्रित गराएर सघियतालाइ सफल बनाउन सकिन्थ्यो ?

सबै कार्यमा नकारात्मक टिप्पणीत हुने नै गर्दछ ? लोकतान्त्रिक मुल्यमान्यता भएको मुलुकमा सामान्य टिप्पणी आउनु सकारात्मक नै मानिन्छ ।जनताबाट निर्वाचित यस सरकारले गरेका अनेक कार्य नकारात्मक कोणबाट मुछिएको पनि छ । भ्रष्टाचारमा अँखा नदेख्नु आफ्नाको नियुक्तिमा मात्र केन्द्रित रहनु संविधान सम्बत नभै रछ्क हरु नै संविधानको खिलाप जानुले मुलुक समस्याग्रस्त मानिन्छ । मुलुकले कुनैपनी छेत्रमा राम्रो सङ लयअनुरुप काम गर्न सकिरहेको छैन। बिबादास्पद मात्र बनिसकेको यस सरकार अहिले पछिल्लोपटक प्रतिनिधिसभा विघटनको मारमा छ अगिल्लो चोटिको विघटनमा सर्बोच्चको विघटनका विरुद्धमा फैसला आएको थियो ?

तैपनी पुनःस्थापन हुन सकेन । कोरोनाभाइरको मारमा ब्याप्त मुलुक लघभग पाँच महिनादेखी कामचलाउमात्र भैरहेको छ ।सरकारले उल्लेख्य काम त खासै केहि गर्न सकिरहेको छैन र नयाँ राम्रा बिकासमा पुर्बाधार पनि ल्याउन सकेको छैन चालू भन्दा पनि पुजिगत खर्च कम छ ।यस्तो परिस्थितिमा मुलकले कसरी कायापलट गर्ला सारा बिश्व नै डिजिटल प्राबिधिमा दिन प्रतिदिन फड्को मारिरहेको स्थितिमा हामि भने साधारण समस्यामै अल्झिरहेकै छौ ? राजनैनिक समस्याबाट कहिले उठ्ला मुलुक ? कहिले होला संघीयताको उचित सदुपयोग दिनप्रतिदिन मुलुकको भन्दा नि ब्यक्तिगत र आफन्तगत बिकास कहिले रोकिएला ? कहिले हाम्रो ले भन्दा राम्रो ले स्थान पाउला ?

कहिले पाउलान हर तरहका पीडितमा स्पर्सयोग्य राहत ? कहिले आउला नेपाल आमाको मुहारमा सुनौलो बिहानि ? कहिले पाउलान वीर सहिदले रगतको जवाफ ? कहिले आउलान रगत र पसिनासङ पैसा साट्न बिवस युबा जमात कहिले हलुको होला वैदेशिक ऋणले थिचिएको थाप्लो ? कहिले आउला राजनीतिमा युबा पुस्ता ? सबैलाइ उचित सद्बुद्धी प्राप्त होस ? जय देश ।