काठमाडौंको धारामा झर्यो मेलम्चीको पानी

काठमाडौं : मेलम्चीबाट आएको पानी काठमाडौँबासीमा घर घरमा पुगेको छ । अघिपछि बन्द रहने धाराबाट पानी आएपछि स्थानीयबासीले खुसी व्यक्त गरेका छन् ।

आइतबार काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले महाङ्कालस्थित पानी सङ्कलन तथा प्रशोधन केन्द्रबाट चावहिल, सरस्वतीनगर, गौशाला, एयरर्पोट क्षेत्रका वितरण प्रणालीमा पानी पठाएको हो ।

आज २ बजेदेखि बेलुका ८ बजेसम्म चाबहिल, मित्रपार्क, बत्तीसपुतली, सरस्वती, मैजुबहाल, एयरपोर्ट, जय बागेश्वरी क्षेत्रमा पानी पठाइएको छ । यस्तै राती ८ बजेदेखि १२ बजेसम्म अनामनगर, घट्टेकुलो, डिल्ली बजार क्षेत्रमा पानी वितरण गरिँदैछ ।