धौलागिरी लघुवित्तले साउन २४ गतेदेखि शेयर निश्कासन गर्ने


काठमाडौं : बागलुङ जिल्ला केन्द्रिय कार्यालय रहेको धौलागिरी लघुवित्त वित्तीय संस्था लिमीटेडको साउन २४ गते देखी सार्वजनिक शेयर (आईपीओ) निष्कासन हुने भएको छ ।

बिक्री प्रबन्धकमा सनराईज क्यापिटल लिमिटेड रहेको छ । हाल उक्त कम्पनीको चुक्ता पुँजी रु.७ करोड रहेकोमा सार्वजनिक शेयर निश्कासन पश्चात १० करोड ३१ लाख पुग्ने जनाएको छ ।

हाल ७ करोड पुँजी रहेको कम्पनीको अपरिस्कृत वित्तीय विवरण बमोजिम जगेडा तथा कोषमा रु ११ करोड रहेको छ । जसबाट प्रतिशेयर नेटवर्थ रु. २५७ रुपैयाँ हुन आउँछ ।

कम्पनीको संचित नाफा नोक्सानी समेत ४.६ करोड भन्दा माथि रहेकोले सार्वजनिक शेयर निश्कासन पश्चात् समेत शेयरधनीहरुको लागी ४० प्रतिशत भन्दा बढि लाभांस वितरण गर्ने क्षमता रहेको वित्तीय विवरणले देखाएको छ ।

हाल राष्ट्रिय स्तरको उक्त लघुवित्त कम्पनीले ४४ वटा शाखा कार्यालयबाट सेवा विस्तार गर्दै आईरहेको छ ।