नेपाल टेलिकम बन्यो सर्वाधिक कर तिर्ने कम्पनी


काठमाडौं : आन्तरिक राजस्व विभागले १० औँ राष्ट्रिय कर दिवसको अवसरमा सर्वाधिक कर तिर्ने विभिन्न व्यवसाय र व्यक्तिलाई सम्मान गरेको छ ।

बुधबार अर्थमन्त्री जनार्दन शर्मा र आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलले बुधबार बिहान एक कार्यक्रमका बीच बढी कर तिर्ने करदाता र कार्यालयका प्रतिनिधिलाई सम्मान गरेका हुन् ।

जसअनुसार सबैभन्दा धेरै कर बुझाउनेमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) रहेको छ। निर्यात कारोबारबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामा डाबर नेपाल प्रालि रहेको छ ।

सबैभन्दा बढी मूल्य अभिवृद्धि कर र आयकर बुझाउने उद्योगमा सूर्य नेपाल सम्मानित भएको छ भने व्यक्तिगत आयमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामा सिद्धार्थ शमशेर जबरा रहेको विभागले जनाएको छ ।

कृषि उद्योगतर्फ पूर्वाञ्चल एग्रो टेकले बढि कर बुझाएको भन्दै सम्मानित भएको छ । भाटभटेनी पनि बढि कर तिर्नेमा परेको छ । भाटभटेनीका कल्याण गुरुङले सम्मान ग्रहण गरेका छन् ।