प्रतिपक्षकाे कडा विरोधका बाजुत बजेट अध्यादेश प्रतिस्थापन विधेयक पेश,दिर्घराेगी र सहिद परिवारलाई मासिक भत्ता


काठमाडौं : प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसादरुहरुको नाराबाजीका बााजुत संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश भएको छ । अहिले अर्थमन्त्री जनार्दन शर्माले संसदमा अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गरिरहनुभएको छ ।

सरकारले राजनीतिक परिवर्तनको आन्दोलनमा बलिदान गर्नेहरुलाई मासिक ३ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ । संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभावकरले सहीद परिवारलाई मासिक ३ हजार भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन ।

यसअनुसार जनयुद्ध, जनआन्दोलन लगायतमा ज्यान गुमाएकाको परिवारले मासिक भत्ता पाउने भएका छन् । विगतदेखि नै नेकपा माओवादी केन्द्रले यस्तो व्यवस्था गर्न माग गर्दै आएको थियो ।

तस्तै उहाँले यसअघि सरकारले ल्याएको बजेटको आकार घटाएको जानकारी दिदैं बचेको रकम कोभिड खोप खरिदमा खर्च गरिने जानकारी दिनुभयो । यस्तै उहाँले मिर्गाैला प्रत्यारोपण गरेका, क्यान्सर तथा मेरुदण्ड पक्षघात भएका बिरामीहरुलाई औषधि उपचार बापत् मासिक ५ हजार भत्ता  दिने व्यवस्था मिलाइएको बताउनुभयो ।

उहाँले पूर्ववति सरकारले ल्याएको अध्यादेश बजेटमा समावेश गरिएको कर्मचारी अनुगमन वैठक भत्ता,भ्रमण लगायतका विविध खर्च न्यूनतम १० प्रतिशत रकम कटौती गरिएको जानकारी दिनुभयो ।

उहाँले कटौती गरि बचेको ५ अर्ब रकम खोप खरिदमा प्रयोग गरिने बताउँदै खोपका लागि स्रोतको कमी हुन नदिने स्पष्ट पार्नुभयो । साथै उहाँले कोरोना खोपका लागि वैदेशिक तथा आन्तरिक स्रोतको सुनिश्चित गरिने बताउनुभयो । संसद बैठक भदौ २८ गते १ वजे बस्नेगरि स्थगित गरिएको छ ।