प्रेम गीत ३ ले पहिलो दिनमै कमायो ७ करोड ७५ लाख भन्दा बढी


काठमाडौं : प्रेम गीत ३ ले पहिलो दिन विश्व बजारमा साढे ७ करोड ७५ लाख बढी कमाइ गरेको छ । बलिउड हंगामाका अनुसार प्रेम गीत ३ ले पहिलो दिन ४.८४ करोड भारतीय रुपैयाँ कमाइ गरेको हो ।

यो फिल्मले भारतमा मात्र १.१२ करोड भारतीय रुपैयाँ (करिब १ करोड ८० लाख) कमाइ गरेको छ । ७५ रुपैयाँमा टिकट बेच्दा यो कमाइ भएको बलिउड हंगामाले जनाएको छ ।

शुक्रबारमात्र होइन, भारतका मल्टिप्लेक्सहरुमा प्रेम गीत ३ को टिकट शनिबार र आइतबारलाई समेत बिक्री भइसकेको समाचारमा उल्लेख छ । यो फिल्म भारतमात्रै ५०० स्क्रिनमा रिलिज गरिएको थियो भने भारतबाहेक ७०० स्क्रिनमा रिलिज गरिएको बलिउड हंगामाले जनाएको छ ।

यो फिल्मले अमेरिकामा २४.३८ लाख, क्यानडामा ३.१५ लाख, बेलायतमा १.३८ लाख, अष्ट्रेलियामा ३०.२७ लाख कमाइ गरेको थियो । यी सबै भारतीय रुपैयाँमा हुन् ।

नेपाली फिल्म पहिलो पटक भारतीय वितकरले हिन्दी डबसहित विश्वबजारमा प्रदर्शनमा ल्याएको हो । फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, मनिषा राउतलगायतको अभिनय रहेको छ । फिल्मलाई सन्तोष सेन र चेतन गुरुङले संयुक्त निर्देशन गरेका हुन् । बलिउड हंगामाको सहयोगमा