म्युजिक भिडियो ‘मेरो राजा’ सार्वजनिक


काठमाडौं : सुवासचन्द्र ढुङ्गेलद्वारा रचित तीज गीतको भिडियो ‘मेरो राजा’ आज भक्तपुरमा चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले सार्वजनिक गरेका छन् ।

बुनु श्रेष्ठ र रितु कँणेलको स्वर रहेको सो गीतमा बिनोदराज ढुङ्गेलको सङीत रहेको छ । गम्भीर बिष्ट को निर्देशन रहेको सो म्युजिक भिडियो अन्य भन्दा फरक रहेको सो कार्यक्रमका वक्ता एबम भक्तपुर सांगीतिक समाजका अध्यक्ष प्रबिन शाहीले बताउनु भयो । तीजको यो गीतले महिलाले चाहेमा भ्रष्टाचार नियन्त्रणमा ठुलो भुमिका खेल्न सक्ने सन्देश दिएको बताउनु भयो ।

कार्यक्रममा अल्बर्ट बज्राचार्य, गायिका बुनु श्रेष्ठ, निर्देशक गम्भीर बिष्ट, शम्भो राजभण्डारी, बिनोदराज ढुङ्गेल लगाएतले फरक शैलिको यो तीज गीतको छुट्टै महत्व रहेको बताएका थिए ।

भिडियो रचनाकार सुवासचन्द्र ढुङ्गेलको युट्युब च्यानल सुवासचन्द्र ढुंगेल अफिसिएलबाट सार्वजनिक गरिएको हो ।