नामि कलेज एसइई प्रिन्सेज २०२२’ को अडिसन सम्पन्न


काठमाडौं : सिजन मिडियाद्धारा आयोजना गरिएको नामि कलेज एसइई प्रिन्सेस २०२२ को छनौट चरण सम्पर्न भएको छ । एसइई दिएर वसेका युवतीहरूको प्रतियोगिता निखार्ने उद्देश्यले नियमित आयोजना हुँदै आएको प्रतियोगिताको १० औं सस्करणको लागि २५ जना सहभागीहरु छनौट गरिएको छ ।

उक्त प्रतियोगितालाई नामि कलेजले व्राण्ड स्पोनसर रहेको छ भने ह्वाइट हाउस इन्टरनेशन कलेजको मुख्य प्रायोजन गरेको छ ।

एसइई परीक्षा दिएर बसेका छात्राहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर गराउने , प्रतियोगीको प्रतिभा निखार्ने , उच्च शिक्षा अध्ययनमा सहयोग पु¥याउने नेतृत्वदायी क्षमताको विकास गर्ने, उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउन उद्देश्यले आयोजित हुँदै आएको सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरले बताइन ।

यस प्रतियोगितामा हालको वर्षमा एसइई परीक्षा दिएर बसेका देशभरका छात्राहरूले मात्र सहभागिता जनाउन सक्नेछन ।

छनौट चरणमा निर्णायक मण्डलमा अन्तराष्ट्रिय कोरीयोग्राफर रोजिन शाक्य,पत्रकार दिपेन्द्र अधिकारी, मोडल तथा नायक कौसिस श्रेत्री र मोडल तथा जुम्वा प्रशिक्षक सोनाम के सी रहनु भएको थियो ।

प्रतियोगिताको अडिसनबाट छानिएका छात्राहरुलाई भोली आइतवारवाट दैनिक ३ घण्टाको तालिम प्रदान गरिने छ साथै प्रतियोगितामा सहभागीहरुलाई पौडी, शारीरिक फिटनेश, फोटो सेसन व्यक्तित्व विकास सम्वन्धी विभिन्न प्रशिक्षण दिइनेछ । साथै फूटसल फोटोसुट ¥याम्प सो, विभिन्न आन्तरीक प्रतियोगात्मक कार्यक्रमहरु पनि रहनेछ ।

विभिन्न सामाजिक संस्थाहरुको संस्थागत भ्रमण जस्तै, माइती नेपाल, बाल आश्रम, वृद्धा आश्रम नार्कोनन नेपाल , सामाजिक सन्जाल नियन्त्रण, मिडिया सम्वन्धी जानकारी, कल्चरल भिजिट, कलेज भिजिट र हस्पिटालिटी सम्बन्धी जानकारी प्रदान पनि प्रदान गरिने छ ।

स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा भने रोजिन शाक्यको कोरियोग्राफी रहने छ भने यस प्रतियोगीताको अन्तिम प्रतिस्पर्धा आगामी असार पहिलो साता नाचघर जमलमा हुनेछ ।

प्रतियोगिताका विजेताहरुले ‘नामि कलेज एसइई प्रिन्सेस २०२२’ को ताजसहित नगद रु १ लाख सहित उच्च शिक्षाका लागि विभिन्न कलेजहरुमा २ लाख बरावरको छात्रावृत्ति साथै अन्य गिफ्ट हयाम्पर पाउने छन् ।