सर्वप्रिय गायक राजेश पायल राईलाई अमेरिकामा प्रहरीद्वारा विशेष सुरक्षा


काठमाडौं : सर्वप्रिय गायक राजेशपायल राई यतिबेला अमेरिकामा छन् । ‘राइ इज किङ’ अर्थात राजेश पायल राई देश बाहिरको कार्यक्रममा अत्यधिक डिमान्डेड गायक हुन् ।

को’रोना महामारीका कारण पछिल्लो दुई वर्षदेखि उनले विदेशको स्टेजमा गाउन पाएका थिएनन् । अहिले परिस्थिति सहज भएसँगै उनी नयाँ वर्ष २०२२ को अवसरमा सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेका हुन् ।

अमेरिकाको न्यूयोर्कमा आयोजित एक भव्य सांगीतिक कार्यक्रममा गीत गाउँदै गर्दा राजेशपायलले नसोचेको घ’टना पनि भोेगे । उनलाई दर्शक दीर्घाबाट एकजना स्टेजमा उक्लिएर दु’र्व्य’वहार गरेका थिए । उक्त दु’र्व्य’वहार गर्नेले गायक राईसँग मा’फी मागेपछि उनले माफी पनि दिइसकेका छन् ।

गायक राईलाई प्रहरीद्वारा विशेष सुरक्षा :
अमेरिकामा रहेका राजेश पायल राईलाई न्यूयोर्कको ‘डिपार्टमेन्ट अफ होमल्याण्ड से’क्यूरिटी पुलिस’ले सुरक्षा दिएको छ । जुन अमेरिकाको विशेष सेक्युरिटी फोर्स मानिन्छ । राजेश पायल राई न्यूयोर्कबाट अर्को सहर रोचेस्टरको एयरपोर्टमा ओर्लदा ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्यूरिटी’ फोर्सका दुई जना पुलिस उनको सुर’क्षामा खटिएका हुन् । यसरी अमेरिकी सरकार बाटै सेक्यूरिटी पाउने राजेश पायल राई पहिलो नेपाली कलाकार हुन् । यसअघि नेपाली कलाकारलाई अमेरिकी सरकारले सुर’क्षा दिएको रेकर्ड छैन ।

आफू नेपाली कलाकार भएर पनि अमेरिकी सरकारले सुर’क्षा दिएकामा राजेशपायलले खुसी व्यक्त पनि गरेका छन् । उनले भने, ‘यो मेरो लागि मात्र नभएर नेपाल र सम्पूर्ण नेपालीका लागि खुसीको कुरा हो ।’ सुरक्षाको आवश्यकता नभए पनि सरकारले आफ्नो लागि सुरक्षाकर्मी खटाएर अमेरिकाले कलाकारको सम्मान गरेको राजेश पायलको भनाई छ । ‘म अमेरिकी नागरिक होइन, तर उहाँहरुले म नेपाली भएर पनि माया गरिदिनु भयो ।सम्मान गर्नुभयो । धेरै खुसी छु । अमेरिकी सरकारलाई धेरै धेरै धन्यवाद’, उनले भने ।

राजेश पायल राई ८ जनवरीमा हुने लाइभ कन्सर्टमा सहभागी हुन रोचेस्टर पुगेका हुन् । न्यूयोर्कबाट जहाजमा झण्डै दुई घण्टाको दूरीमा रहेको रोचेस्टर सहरमा उनी “Rai Is King Meet & Greet With Rajesh Payal Rai “ नाम दिइएको कार्यक्रममा जनवरी ८ को साँझ प्रस्तुत हुँदैछन् । उक्त कार्यक्रम गायक राईलाई विशेष सम्मान गरिने भएको छ भने कार्यक्रमको संयोजत्व निमा तामाङ, विजय खड्का र आकाश क्षेत्रीले गरेका हुन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!