मिसेज हिमालयन नेपालको उपाधी भिष्मा नेम्वाङलाई


काठमाडौं : मिसेज हिमालयन नेपालको आठौं संस्करणको उपाधि इलामकी भिष्मा नेम्वाङले जितेकी छन् ।

उनले उपाधिसँंगै थाइल्याण्डको बैंककमा हुने ‘एसिया फेसन रनवे’ मा सहभागीको अवसर समेत प्राप्त गरेकी छन् । हिमालयन मुभिजको आयोजना रहेको प्रतियोगितामा सबिना तामाङ् फस्ट रनर्सअप प्रतिक्षा खड्गी सेकेन्ड रनर्सअप भए ।

विवाहित महिलाबीच आयोजित प्रतियोगितामा भिष्मा नेम्वाङ्गले मोस्ट एट्रयाक्टिभ, सविना तामाङ मोस्ट कन्फिडेन्ट, प्रतिक्षा खड्गी मोस्ट स्मार्ट, इश्वरी श्रेष्ट बेस्ट प्रर्सनालिटी र पपुलर भिडियो अवार्ड, सुशीला कटुवाल मोस्ट डिलिजेन्ट र शर्मिला रिमाल बेस्ट फोटोजेनिक भए ।

हिमानी सुब्बाको कोरियोग्राफी रहेको प्रतियोगिताको निर्णायकमा गायिका बुनु राई मानन्धर, अभिनेता तथा बैंकर तेज गिरी, फेशन डिजाइनर सुक्निता चौलागाई, व्युटिसियन नेपाल २०१५ गौरा राई, ब्राइडल कन्टेस्ट नेपाल २०२० ज्ञानु नगरकोटी, सौन्दर्यकर्मी एवम् नृत्य प्रशिक्षक शर्मिला कोइराला रहेका थिए ।