अस्मिता अधिकारीको ‘फुरुरु’ सार्वजनिक (भिडियो सहित)


काठमाडौं : चर्चित गायिका अस्मिता अधिकारीको आवाज रहेको ‘फुरुरु’ गीतको भिडियो सार्वजनिक भएको छ ।

मबिन्द्र राईको शब्द संगीत रहेको गीतमा सन्जाल भण्डारीको संगीत संयोजन रहेको छ । मज्जाको स्टुडियो हङकङ बाट प्रस्तुत गरिएको भिडियो मज्जाको राईले निर्देशन, छायांकन र सम्पादन गरेका हुन् भने कोरियोग्राफी सुकु लिम्बूले गर्नु भएको छ ।

अफिसियल युट्युब च्यानल MAZZAKO VIDEO मार्फत सार्बजनिक गरिएको यस गीतको भिडियोमा आईशा गुरुङ र सन्जोग राईको अभिनय देख्न सकिन्छ भने भिडियो हङकङको विभिन्न रमणीय ठाउँमा छायांकन गरिएको छ ।

भिडियो हेर्नुहोस् :