किरणको निर्देशनमा दयाहाङ, मिरुना र बालकलाकार नुमाको उत्कृष्ट अभिनय (भिडियो सहित)


काठमाडौं : नेपालमा पछिल्लो समय पुराना गीतलाई नयाँ भर्जनमा बनाएर सार्वजनिक गर्ने चलन बढ्दै गएको छ । अहिलेका निकै व्यस्त युवा निर्देशक किरण चाम्लिङ राईको निर्देशनमा ‘तिमी तारे भीर’ गीतको मेल भर्जन भिडियो सार्वजनिक गरिएको छ ।

भिडियोमा लोकप्रिय अभिनेता दयाहाङ राई र मिरुना मगरको जिवन्त अभिनय देख्न सकिन्छ भने बाल कलाकार नुमा राईको पनि उत्कृष्ट अभिनय रहेको छ ।

३२ बर्ष अगाडि गायिका पवित्रा सुब्बाको आवाजमा रेकर्ड भइ दर्शकको मनमा बस्न सफल गीत ‘तिमी तारे भीर’को मेल भर्जनमा गायक रेवत राईको आवाज रहेको छ ।

कवि तथा गीतकार श्रवण मुकारुङले ३२ बर्ष बर्ष पहिले लेखेको यस गीतलाई चर्चित संगीतकार शान्तिराम राईले संगीत भरेका हुन् भने देवेश राईले गीतको भाव अनुसार उत्कृष्ट संगीत संयोजन गरेका छन् ।

मकवानपुरस्थित चित्लाङ क्षेत्रमा छायांकन गरिएको गीतको भिडियोमा निर्देशकले प्राकृतिक सुन्दरतामा एक प्रेमिल परिवारलाई पात्रमा बगाएका छन् । भिडियोमा माया, प्रेम र मानिसको जिबनमा हुने वियोगान्त क्षणलाई देखाइएको छ ।

भूपेन्द्र तुम्बाहाम्फेको छायांकन रहेको गीतको भिडियोलाई अनिल रानाले सम्पादन गरेका छन् ।

भिडियो हेर्नुहोस् :