अशोक र जुनिको मीठो स्वरमा सजिएको पूर्वेली गीत ‘जवानी मनलाई’ सार्वजनिक (भिडियो सहित)


काठमाडौं : गायक अशोक मुकारुङ र गायिका जुनि खालिङ राईको मीठो स्वरमा सजिएको पूर्वेली गीत ‘जवानी मनलाई’ गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतकार जीवन मुकारुङको उत्कृष्ट शब्दलाई वरिष्ठ गायक तथा संगीतकार कृष्णभक्त राईले संगीत भरेका हुन् भने संगीत संयोजन पनि कृष्णभक्त राईलेनै गरेका हुन् ।

गीतलाई सेवा रेकर्डिङ स्टुडियोमा पदम राजन मगरले रेकर्डिङ गरेका हुन् भने मिक्सिङ र मास्टरिङ मुस्कान मुकारुङले गरेका हुन् ।

गायिका जुनि खालिङ राईको अफिसियल युट्युब च्यानल Juni Khaling Rai Official मार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा गायक अशोक मुकारुङ र गायिका जुनि खालिङ राईको अभिनय देख्न सकिन्छ ।

भिडियो दुर्गा बान्तवा र मनोज राईले छायाँकन गरेका हुन् भने जीवन मुकारुङले सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस् :