छथर जोरपाटीमा आयोजित तीज गीत प्रतियोगितामा प्रगतिशिल महिला समुह प्रथम


– नारायण कुमार राई

धनकुटा : हरितालिका तीजको अबसरमा छथर जोरपाटी गाउँपालिकामा आयोजित गायन प्रतियोगिता तथा खुला नृत्य प्रतियोगितामा गायन तर्फ वडा नं.५ को प्रगतिशिल महिला समुह र खुला नृत्य प्रतियोगिता तर्फ वडा नं.२ की उमादेवी थापाले प्रथम पुरस्कार जित्नु भएको छ ।

पलिकाको महिला तथा बालबालिका शाखाले आयोजना तथा पालिका सदस्य टिमला श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गायन प्रतियोगिता तर्फ पालिकाका बिभिन्न ८ समुहलाई पछि पार्दै प्रगतिशिल समुह प्रथम भएको हो ।

समुहका तर्फबाट सहभागी हुनुभएका रेवत कुमारी लिम्बू, नर्वदा काफ्ले, लिला थापालाई पालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी शेरबहादुर लिम्बूले नगद रु १० हजार र कदर पत्र दिएर सम्मान गर्नुभएको थियो ।

त्यस्तै दितिय स्थान बिजेता वडा नं.२ को जोरपाटी महिला समुहलाई पालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलराज थापा मगरले नगद रु.७ हजार सहित कदरपत्र समुहका सदस्यहरुलाई प्रदान गर्नु भएको थियो ।

तृतिय पुरस्कार बिजेता वडा नं. ६ को एकल महिला समुहले नगद रु ५ हजार र कदर पत्र पाएको छ भने सान्तत्वना पुरस्कार बिजेता तांखुवा स्वास्थ्य चौकीका महिला स्वयंसेवीकाको समुहले नगद रु.३ हजार र कदरपत्र पाएको छ ।

त्यस्तै २१ जना सहभागी खुला नृत्य प्रतियोगितामा प्रथम हुनुहुने थापाले नगद रु ३ हजार, दृतिय टीका भट्टराईले रु २ हजार, तृतिय ललिता राईले रु १ हजार ५ सय र सान्तत्वना राधिका ओझाले नगद रु १ हजार र प्रमाण पत्र पाउनुभएको छ ।

प्रतियोगिताको निर्णय मण्डलमा खगेन्द्र तामाङ्ग, निर्मला सुबेदी, दुर्गा राना र शुशिला कार्कीको रहनुभएको महिला तथा बालबालिका शाखाकी प्रमुख एलिना निरौलाले जानकारी दिनुभयो ।