प्रीयंकाले यसरी खुवाईन् आफ्नो पेटको बच्चालाई जुस


काठमाडौं : नेपालमा सिने क्षेत्रका अभिनेत्रीहरु विविध कारणले चर्चामा आईरहन्छन् । कोहि नराम्रा काम वा आलोचना हुने विवादिन कार्य गरेर भने कोहि राम्रा कामले चर्चामा आउने गर्छन् । प्रियंका कार्की विवाद र चर्चामा बारम्बार आउने अभिनेत्री हुन् । उनले सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने तस्बिरले समेत चर्चा पाउने गरेको छ ।

हालै इन्स्टाग्राममा उनले एक बेबीबम्पवाला तस्बिर पोष्ट गरेकी छन् । जसले सबैको ध्यान खिचेको छ । तस्बिरमा उनले हातमा गिलास लिएर जुस पिइरहेकी छन् भने गर्भवती पेटमा गिलासमा जुस पिइरहेको पिक्चर मेकअप गरिएको छ । उनको यो तस्बिर पति आयुष्मान देशराज जोशीले पनि शेयर गरेका छन् ।

तस्बिरका कारण उनले एकैसाथ गाली र प्रशंसा दुबै पाइरहेको छ । तस्बिरका कारण उनी ट्रोलको निसानामा समेत परेकी छन् । कतिपयले उनको तस्बिरलाई राम्रो भनेका छन् भने कतिले उनले सामाजिक मर्यादा उलङ्घन गरेको आरोप समेत लगाएका छन् ।

तस्विरमा उनी आफू पनि खुशी देखिएकी छन् । सन्तान आगमन हुँदै गर्दा एउटा आमा खुशी हुनु त नौलो कुरा भएन । तर, उनले आगन्तुक सन्तानलाई देखाएको यो माया भने पक्कै पनि तारिफयोग्य छ । बाकी चर्चा गर्ने कुरा तपाईं दर्शक तथा सुभचिन्तकको हातमा छ । जे होस, फेरि पनि अभिनेत्री प्रीयंका कार्की र आयुष्मान देशराज जोशीलाई बधाई तथा सुभकामना ।