कृष्ण भक्त राई र हेमुस्मृति चोङ्बाङको मीठो स्वरमा सजिएको ‘तोङ्बा सुरुप्प’ बजारमा (भिडियो सहित)


काठमाडौं : वरिष्ठ गायक कृष्ण भक्त राई र गायिका हेमुस्मृति चोङ्बाङको मीठो स्वरमा सजिएको ‘तोङ्बा सुरुप्प’ गीतको भिडियो बजारमा आएको छ ।

बिमल खेवाछली (सुलभ)को शब्दलाई गायक तथा संगीतकार मनोज साङसोन राईले संगीत भरेका हुन् भने संगीत संयोजन राजु कार्कीले गरेका हुन् । गीतलाई स्टुडियो किङमा सुरेश राईले रेकर्डिङ अनि राजु कार्कीलेनै मिक्सिङ र मास्टरिङ गरेका हुन् ।

गायिका हेमुस्मृति चोङ्बाङको आफ्नै अफिसियल युट्युब च्यानल Hemu Smriti official Channel  मार्फत सार्वजनिक गरिएको यस गीतको भिडियोमा राज साम्बा, पुष्पाञ्जली मादेन र बाबू रानी लिम्बुको अभिनय रहेको छ ।

योगेश नेवारले निर्देशन गर्नुभएको भिडियोलाई शिर कुमार साम्पाङले छायांकन साथै सम्पादन गर्नु भएको छ ।

भिडियो हेर्नुहोस् :